२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप र गोकर्णको जिल्लामा कसैले रोजेनन् समाजवादी



अ+ अ-

गुल्मी । एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्लामा सुन्य भएको छ । एमालेका दुई प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण बिष्टको गृह जिल्लामा नेकपा (एकीकृत समाजवादी) मा कुनै जनप्रतिनिधिले सनाखत गरेका छैनन् । 

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार मंगलबार ५ बजेसम्म जनप्रतिनिधिले सनाखत गर्ने अन्तिम समय रहेपनि कुनै जनप्रतिनिधिले सनाखत नगरेको जनाएको छ । गुल्मीमा समन्वय प्रमुख लक्ष्मण पराजुली र उपप्रमुख तुल्सीदेवी श्रेष्ठसहित सबै सदस्य एमालेमै छन् ।

निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी श्याम पाण्डेयका अनुसार जिल्लामा दुईवटा नगरपालिका र १० वटँ गाउँपालिका छन्, जसमा सात पालिका प्रमुख र नौ उपप्रमुख एमालेका छन् ।