२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप र गोकर्णको जिल्लामा कसैले रोजेनन् समाजवादी



अ+ अ-

गुल्मी । एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्लामा सुन्य भएको छ । एमालेका दुई प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण बिष्टको गृह जिल्लामा नेकपा (एकीकृत समाजवादी) मा कुनै जनप्रतिनिधिले सनाखत गरेका छैनन् । 

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार मंगलबार ५ बजेसम्म जनप्रतिनिधिले सनाखत गर्ने अन्तिम समय रहेपनि कुनै जनप्रतिनिधिले सनाखत नगरेको जनाएको छ । गुल्मीमा समन्वय प्रमुख लक्ष्मण पराजुली र उपप्रमुख तुल्सीदेवी श्रेष्ठसहित सबै सदस्य एमालेमै छन् ।

निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी श्याम पाण्डेयका अनुसार जिल्लामा दुईवटा नगरपालिका र १० वटँ गाउँपालिका छन्, जसमा सात पालिका प्रमुख र नौ उपप्रमुख एमालेका छन् ।