२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले फुटेको छैन्, पार्टी निर्माणमा जुट्नुहोस् : अध्यक्ष ओली



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताउनुभएको छ । 

नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताउनुभयो ।

निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उहाँले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकतानुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।

पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गर्नुभयो । 

कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर बैरागीलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।