२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री शाक्य



अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देश विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । 

निजामती सेवा दिवस, २०७८ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित कविता वाचन तथा प्रवचन कार्यक्रमका अवसरमा उहाँले सबै तहका जनप्रतिनिधि र निजामती कर्मचारी मिलेर मुलुकको चौतर्फी विकासमा अघि बढ्नुपर्ने बताउनुभयो ।

निजामती कर्मचारी र जनप्रतिनिधि मिलेर मात्र जनताले अनुभूति गर्ने गरी सेवामूलक काम गर्न सकिने मुख्यमन्त्री शाक्यको भनाइ थियो । 

उहाँले राजनीतिज्ञले कर्मचारीलाई असहयोग गर्यो भनेर दोष लगाउने, कर्मचारीले राजनीतिज्ञलाई दोष लगाउने गरिएकाले अबका दिनमा यस्ता कुरा सच्याउनुपर्ने बताउनुभयो । दुवै पक्ष मिलेर छलफल गरेपछि समस्याको निकास निस्कने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुवै पक्ष मिलेर छलफल गरौँ । एकै स्थानमा बसेर छलफल गरेपछि एकले अर्कालाई दोष थोपर्नु नै पर्दैन ।” निजामती कर्मचारी स्थायी सरकार रहेको भन्दै उहाँले निजामती कर्मचारीलाई परेका समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको उहाँले वताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले इन्द्रसरोवर स्मारिकाको विमोचन गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत सुनिताकुमारी गजुरेल र उच्च अदालत पाटन हेटौँडा इजलासका अधिकृत राजकुमार लामिछानेले कविता वाचन गर्नुभएको थियो ।

निजामती दिवसकै अवसरमा मुख्यमन्त्री शाक्यले आज हेटौँडास्थित वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको वृन्दावन वनस्पति उद्यानमा वृक्षरोपण गर्नुभएको छ । उहाँले उद्यान परिसरमा पुगेर श्रीखण्डको बिरुवा रोप्नुभएको हो ।