१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

दाहाल–नेपालबीच भेटवार्तामा के–के भयो कुराकानी ?

दाहाल–नेपालबीच भेटवार्तामा के–के भयो कुराकानी ?
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरुसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो । भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जिवनराम श्रेष्ठले जानकारी दिनु भयो । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरुलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरुबीच कुराकानी भइरहेको उहाँले बताउनु भयो । सचेतक 

श्रेष्ठले भन्नुभयो – ‘यो जुनखालको अन्योलतालाई कसरी चिर्ने ? नेकपा(एमाले)को षड्यन्त्रलाई कसरी परास्त गर्ने ? जुन राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो त्यसलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा जे जति सडकबाट उठेका विषयहरु, आन्दोलनमार्फत् उठाइएका विषयहरु र एमसीसीका सन्दर्भमा अहिलेसम्म जतिपनि शंकाका कुराहरु छन्, त्यसमा राष्ट्रहित विपरितका जुन दफाहरु छन्, कसरी यसलाई करेक्शन गर्न सकिन्छ, र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने नेकपा(एकीकृत समाजवादी)को निर्णय नै हो । उठेका कुराहरुलाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ ? त्यसलाई कसरी सच्याउन सक्छौँ । त्यसलाई विशुद्ध विकासको योजनाको रुपमा मात्र कसरी अगाडी बढाउन सक्छौँ भन्ने विषयमा हामी छलफलमा छौँ । त्यसका उपायहरु खोजि गर्दैछौँ । त्यही विषयमा हामी अनौपचारिक रुपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरुका बिचमा छलफलहरु अगाडी बढाइरहेका छौँ ।’

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझैपनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताउनुभयो । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडी बढ्नुपर्नेमा पार्टीको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो ।