१९ आश्विन २०८१, शनिबार
,
Latest
उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजनानै बनाएर अघि बढ्ने बताउनुभएको छ ।

उक्त समस्या समाधानको लागि आज सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल सुरु गरिसकेको भन्दै उहाँले केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडि बढाइएको जानकारी दिनुभयो । हलिया र कमैया कमलरीमुक्त भइसकेको र कमैया श्रम (निषेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवाचरवाको समस्या समाधान गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलगायत हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिको उपस्थिति रहेको थियो ।