• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

नासाले सार्वजनिक गर्यो कहिल्यै नदेखिएको ब्रह्माण्डको यस्तो अचम्मको तस्बिर



एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेबले ब्रह्माण्डको विशेष तस्बिर पठाएको छ ।

आज सम्म तपाईले ब्रह्माण्डको यस्तो अद्भुत तस्वीर सायद देख्नु भएको छैन । यो ब्रह्माण्डको पहिलो उच्च रिजोल्युसन भएको रंगीन तस्बिर हो । नासाको नयाँ टेलिस्कोप जेम्स वेब टेलिस्कोपले खिचेको ब्रह्माण्डको तस्विर सोमबार सार्वजनिक गरिएको छ ।

अमेरिकी राष्ट्रपति भवनको ह्वाइट हाउसको ब्रीफिङमा यो तस्वीरको बारेमा जानकारी दिइएको हो । अमेरिकी राष्ट्रपति भवनको तर्फबाट यो तस्बिर अचम्मको रहेको बताइएको छ ।

हजारौं आकाशगंगाहरूले भरिएको तस्बिरमा देखिएका वस्तुहरू नीलो, सुन्तला र सेतो रंगका छन् । ह्वाइट हाउसले जेम्स वेब टेलिस्कोप मानवजातिको सबैभन्दा ठूलो इन्जिनियरिङ उपलब्धि भएको बताएको छ । यस अनौठो तस्विरमा ब्रह्माण्डको गहिरो दृश्य देखिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जेम्स वेब टेलिस्कोपले पठाएको तस्विर सार्वजनिक गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक समारोहमा राष्ट्रपति बाइडेनले यो दिनलाई ऐतिहासिक भएको बताए । उनले विश्वको सबैभन्दा ठूलो र शक्तिशाली अन्तरिक्ष विज्ञान टेलिस्कोपले ब्रह्माण्डको इतिहासमा नयाँ उपलब्धी दिएको बताए ।

जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डको बारेमा धेरै जानकारी र विवरणहरू भएको आकाशगंगाहरूको समूहलाई क्याप्चर गरेको छ । तस्वीरमा धेरै आकाशगंगाहरू सँगै देखिएका छन् ।