२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानपावरको कत्रो आँट, कतारका लागि प्रति व्यक्ति ७ लाख असुल्दै



अ+ अ-

काठमाडौं । कतार प्रहरीमा छनोट भएका युवाबाट ७ लाख रुपैयाँका दरले रकम असुलेर अल तौकेत ओभरसिजले कुनै पनि शुल्क नलिने कतार सरकारको सर्तको सरासर उल्लंघन गरेको छ । मूलतः यो प्रकरणले उक्त सर्त पालना गराउनुपर्ने नेपाल सरकारको जिम्मेवारीमाथि प्रश्न उब्जाएको छ ।

कतार प्रहरीमा अन्तर्वार्ता दिन गएका उम्मेदवारको सोमबार कागजात जाँच गर्दै अल तौकत ओभरसिज नेपालको गेटमा बाउन्सर । पहिल्यै छनोट भएकालाई मात्र कागजात हेरी उनीहरूले छिर्न दिएका थिए । यो तस्बिर खिच्दा उनीहरूले ‘डिलिट’ गर्न दबाब दिएका थिए । 

ओभरसिजले अनधिकृत तवरले २०० उम्मेदवारबाट १४ करोड रुपैयाँ उठाएको हो । श्रम गन्तव्य मुलुकको नीतिबमोजिम आफ्ना नागरिकलाई शून्य लागतमा पठाउने प्रबन्ध मिलाउनु नेपाल सरकारको दायित्व हो । त्यसैले सरकारले ओभरसिजमाथि आवश्यक छानबिन गर्नुपर्छ र उम्मेदवारबाट अनधिकृत ढंगले लिइएको रकम फिर्ता दिलाई प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउनुपर्छ । अन्यथा यसमा सरकारका सम्बद्ध व्यक्ति तथा निकायहरूको पनि मिलेमतो भएको अर्थ लाग्नेछ ।

ओभरसिजले गैरकानुनी तवरले रकम मात्र असुलेको छैन, निष्पक्ष ढंगले उम्मेदवार छनोट गरेको पनि देखिन्न । उसले औपचारिकता पूरा गर्न मात्रै सोमबार अन्तिम अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता दिन आएका उम्मेदवारको कागजात जाँच्न ढोकामा बाउन्सर राखेको ओभरसिजले पहिल्यै छनोट भएकालाई मात्र कागजात हेरी छिर्न दिएको थियो । 

विश्वासिला एजेन्टबाट पहिल्यै ७ लाख रुपैयाँ बुझाएकालाई मात्रै प्रक्रियामा छनोट गरिएको रहेछ । यसका निम्ति उनीहरूलाई पैसा भने सीधै ओभरसिजको खातामा नभएर व्यक्तिका नाममा आईएमईमार्फत जम्मा गर्न लगाइएको रहेछ । उनीहरूलाई भिसा आएपछि थप ३ लाख रुपैयाँ बुझाउन भनिएको छ । यस हिसाबले ओभरसिजले उनीहरूबाट थप ६ करोड रुपैयाँ उठाउँदै छ ।

एउटा म्यानपावर कम्पनीलाई कहाँबाट आउँछ यसरी अनधिकृत पैसा असुल्ने आँट रु त्यसैले यसमा कतै आफ्नै निकाय तथा अधिकारीहरूसमेतको मिलेमतो त छैन भनेर पनि सरकारले अनुसन्धान गर्नुपर्छ । यस्तो प्रवृत्तिले सम्बन्धित मुलुकले दिएको सुविधाबाट नेपाली लक्षित वर्गलाई वञ्चित गरेको मात्र हुँदैन, नेपालको कानुनी शासनलाई पनि चुनौती दिइरहेको हुन्छ । र, यसबाट वैदेशिक रोजगारीका क्षेत्रमा शक्ति तथा पहुँच भएकाहरूले जे गरे पनि हुने गलत मान्यता स्थापित हुने समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।