• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

सीपीसीका विदेश विभाग प्रमुख लिउले विभिन्न दलका नेतासँग भेट गर्दै



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग भेट गर्दै हुनुहुन्छ ।

दिउसो चार बजे प्रचण्ड निवास खुमलटारमा उहाँहरु बीच भेट हुने कार्यक्रम रहेको छ ।चार दिने नेपाल भ्रमणका लागि आईतबार काठमाडौ आईपुग्नु भएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरिसक्नु भएको छ ।

लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ,एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु संग पनि भेट गर्दे हुनुहुन्छ । उहाँले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगर्ने कार्यक्रम रहेको छ । ८ सदस्यीय चिनियाँ टोली बुधबार राती स्वदेश फर्कने छ ।