१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा

राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयोः शेखर गोल्छा

राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयोः शेखर गोल्छा
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताउनु भयो । अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरु समस्यामा परेको बताउनु भयो । उहाँले अहिले सिमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजश्व लक्ष्य प्रभावित हुने बताउनु भयो ।

उहाँले पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष गोल्छाले उद्योगहरुले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले संकटको समयमा केन्द्रिय बैंकले सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताउनु भयो । उहाँले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गर्नुभयो । अध्यक्ष गोल्छाले तरलता अभावको कारण बैंकहरुबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विगतमा ब्याजदर कम थियो त्यो बेला पनि विकृति थियो । मूल्यवृद्धि भन्दा पनि ब्याजदर कम हुँदा आफ्नै समस्याहरु लिएर आउँछ । अहिलको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्नेगरी आएको छ । विभिन्न देशको बैंकको ब्याजदरलाई नियन्त्रण गरेको हुन्छ । ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ । राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलको अवस्था आउने थिएन । हामीसँग लगानी योग्य रकम तरलता सिमित रहेको छ । हामीले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक छ । उत्पादन क्षेत्र नै हाम्रो अर्थतन्त्रको आधार हो । उत्पादन क्षेत्रमा लगानी गर्दा रोेजगारी सिर्जना र अर्थतन्त्र चलायमान हुन्छ । तर आयातित क्षेत्रमा लगानी बन्द गर्ने हो भने राज्यको राजश्व सिधै घट्छ । त्यसैले हामी ब्यालेन्समा चल्नुपर्ने हुन्छ । राजश्व नभइ राज्य सञ्चालन गर्न सकिदैन ।

उत्पादन क्षेत्रको मात्रै कुरा गरेर आयातित क्षेत्रमा कर्जा नदिने हो भने अर्को विकृति आउनसक्छ । मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने आशा गरेका छौं । पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बनेको छ । बैंकबाट कर्जा नपाउँदा उद्योग व्यवसाय ठप्प भएका छन् । अहिले संकटको समयमा केन्द्रिय बैंकले यी सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने अपेक्षा छ । कोरोना महामारीपछि अर्थतन्त्र चलायमान बनाउन केन्द्रिय बैंकले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्छ । राष्ट्र बैंकले समयमै नीतिगत हस्तक्षेप गरेको भए पछिल्लो ६ महिनामा ब्याजदर दोब्बर बिन्दुमा पुग्ने थिएन । अब बजारमा देखिएको तरलता समस्या समाधान गर्न तरलता रेसियो २० प्रतिशतबाट १५ प्रतिशत बनाउनु पर्छ । बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउनु पर्छ ।

एलसी मार्जिनका विषयमा राष्ट्र बैंकले नभएर वाणिज्य बैंकले निर्णय गर्नुपर्ने, शोधनान्तर घाटा उच्च भएको छ । यसलाई सुधार गर्नुपर्ने छ । भएको पुँजीलाई परिचालन गर्न केन्द्रीय बैंक अग्रसर हुनुपर्नेछ । शेयर लगानीकर्ताले धेरै गुमाइसकेका छन् । उनीहरूलाई राहत पुग्ने नीति लिनुपर्छ । अहिलेको समस्या आउनुमा बैंक पनि कारक भएकाले बैंकले पनि ’पेन’ लिनुपर्छ । शतप्रतिशत मार्जिनलाई पुनर्विचार गर्न भन्दै यसबाट बैंकहरू मात्र लाभान्वित भएको छ, यस्तो निर्णय वाणिज्य मन्त्रालयलाई गर्न दिनुपर्नेछ ।’

अध्यक्ष गोल्छाले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अपm्ठ्यारोमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले ५५ लाख शेयर लगानीकर्ताले धेरै गुमाइसकेको मौद्रिक नीतिमार्फत शेयर कर्जा धितोको ४÷१२ सीमा हटाएर शेयर लगानीकर्तालाई राहत पुग्ने नीति लिनुपर्ने बताउनु भयो । अध्यक्ष गोल्छाले सरकारले एलसीमा लिएको शतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित भएको भन्दै मौद्रिक नीति मार्फत पुनर्विचार गर्न माग गर्नुभयो ।