२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोली आज बिहान काठमाडौं आइपुगेको छ । भ्रमण टोली बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको छ ।

आजै दिउँसो चिनियाँ पाहुनाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्नुभएको छ । त्यसपछि उहाँहरुले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नुहुने छ । परराष्ट्र मन्त्रालयमा भेटघाटपछि चिनियाँ पाहुनाको सम्मानमा मन्त्री खड्काले साँझ होटल मेरियटमा रात्रीभोज आयोजना गर्नुहुनेछ ।

भोलि सोमबार बिहान चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकनमा कार्यक्रम छ । त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ ।

भोलि नै अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ । त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको तेस्रो दिन जियान्चाओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भेटघाट गर्नुहुनेछ । सोही दिन अपरान्ह ४ बजेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन अर्थात बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बुढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम छ । त्यहाँ एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष कृष्ण राईसँगको भेटपछि टोली शीतल निवास पुगरी बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछ ।

दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका विभिन्न संरचनाको निरीक्षण गर्ने क्रममा चिनियाँ पाहुना टोली भक्तपुर पुग्नेछ ।

बुधबार राति सवा ११ बजे चिनियाँ टोली चार दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यतालिका रहेको छ ।




भर्खरै