• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

शेखर कोइराला समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक जारी



काठमाडौँ । सोमबारदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । सो बैठकमा आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन कांग्रेस नेता डा शेखर कोइराला पक्षको नेताहरुको बैठक अहिले बसिरहेको छ ।

विशालनगरस्थित एक घरमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र विधान मिचेको भन्दै सो सम्बन्धमा भोलि हुने केन्द्रीय समितिको बैठकमा एउटै धारणा बनाएर जाने सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।

कांग्रेस केन्द्रीय समितिको यसअघिका बैठकहरुमा पनि कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरु भिन्नै बैठक गरी सहभागी हुने गरेका थिए ।