१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

शहिद लखन थापा मगर नामक पुस्तक मन्त्री आलेद्वारा सार्वजनिक

शहिद लखन थापा मगर नामक पुस्तक मन्त्री आलेद्वारा सार्वजनिक
अ अ+ अ-

काठमाडौं । लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ । राजधानीको प्रज्ञा भवनमा आज आयोजित एक समारोह शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थ नेपाल सरकारका माननीय संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमवहादुर आलेले विमोचन गर्नुभयो ।

मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरबाट राजनीतिक सङ्गठन गरी लखन थापा मगरको नेतृत्वमा करिब दुई हजार जनसेना तयार गरी विसं १९२७ देखि १९३३ सम्म पहिलोपटक नेपाली जनताले विद्रोह गरेको स्मरण गर्नुभयो । 

नेपाल सरकारले लखन थापा मगरलाई पहिलो शहिद घोषणा गरी उच्च सम्मान गरेको मन्त्री आलेले बताउनुभयो । उहाँले लखन थापालाई सम्मान गर्न र गोरखाको शहिद लखन गाउँपालिका–७ रहेको लखन स्मारक विद्रोही किल्लाको विकासका लागि सरकारले ध्यान दिने बताउनुभयो । नेपालका प्रथम जनविद्रोही शहिद लखन थापा मगर नामक पुस्तकमा लेखक जीवन आले मगरले लखन थापा मगरको वीरतापूर्ण जीवनगाथाको सजीव चित्रण गरेकाले महत्वपूर्ण ऐतिहासिक दस्तावेज बन्ने विश्वास गर्नुभयो ।

आदिवासी, जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापा मगरले राणा सरकारको आदेशमा विसं १९३३ मा गोरखाको हालको शहिद लखन गाउँपालिका लखन थापा मगर, जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको स्मरण गर्नुभयो । उहाँले सहादत प्राप्त गर्नु मानव जीवनको सबैभन्दा ठूलो देन भएको विचार राख्नुभयो ।

राष्ट्रियसभाका सदस्य माननीय सुरेश आले मगरले इतिहासमा मगरहरु शासक रहेको बताउँदै राष्ट्र निर्माणमा लखन थापालगायत हजारौँ मगर योद्धाहरुले बलिदानी प्रदान गरेको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रथम शहिद लखन थापा मगरजस्तो ऐतिहासिक व्यक्तित्वको जीवनी लेखेर लेखकले राम्रो कार्य गरेको बताउनुभयो ।

शहिद लखन गाउँपालिका, गोरखाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले मन्त्री आलेमार्फत नेपाल सरकारसमक्ष आठ बुँदे ज्ञापनपत्र पेश गर्नुभयो । ज्ञापनपत्रमा लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गरी उहाँले सहादत प्राप्त गरेको दिन सार्वजनिक बिदा व्यवस्था गरी सरकारीस्तरबाट राष्ट्रियरूपमा मनाउनुपर्ने, उनीसँगै बलिदानी दिने अन्य छ जनालाई शहिद घोषणा गर्नुपर्ने, उक्त जनविद्रोहमा तत्काल मृत्युवरण नगरे पनि क्रान्तिकारी युद्धमोर्चामा सक्रिय हुनेहरुलाई प्रथम जनविद्रोहका योद्धाको रूपमा राज्यबाट सम्मान प्रदान गर्नुपर्ने माग गरिएको छ ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले लखन थापा मगरको नामबाट गाउँपालिकाको नामाकरण हुनु गौरवपूर्ण भएको उल्लेख गर्दै आम जनमानसमा लखन थापाको योगदानबारे सञ्चार गर्न विमोचित पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । आयोजक संस्था गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले लखन थापा मगरको सम्मानमा उहाँले सहादत प्राप्त गरेको स्मृति दिवसका अवसरमा विसं २०७५ बाट गाउँपालिकाले हरेक वर्ष स्थानीय बिदा दिने गरेको बताउनुभयो ।

लेखक तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले प्रथम शहिद लखन थापा मगरको बारेमा प्राप्त ऐतिहासिक दस्तावेज, लखन स्मारक किल्लाको भग्नावशेषको अवलोकन तथा ऐतिहासिक तथ्य एवं घटनाक्रमहरूको वस्तुगत तथ्य र प्रमाणका आधारमा उक्त शोधग्रन्थ तयार गरिएको बताउनुभयो । रासस