२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेको आरोप र सभामुखको आक्रोश (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै  प्रमुख  प्रतिपक्ष दल नेकपा एमाललेले आफ्नो दल विभाजन गराउन सभामुखको भूमिका रहेको भन्दै वेल घेराउ गर्दे नाराबाजी गर्यो । राष्ट्रपति कार्यलयबाट प्राप्त भएको बैठक आव्हान सम्बन्धी पत्र सभामुख सापकोटाले पढे लगत्तै एमाले सांसदहरुले उठेर बिरोध जनाए । 

शुभकामना मन्तव्य समेत राख्न नपाउनु भएका सभामुख सापकोटाले बोल्नका लागि एमाले प्रमुख सचेतक बिशाल भट्टराईलाई समय दिनुभयो  । प्रमुख सचेतक भट्टराइृले एमालले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउदै त्यसको उत्तर नआउदा सम्म संसद चल्न नसक्ने बताउनुभयो ।  

उहाँले अदालतमा मुद्दा विचाराधीन रहेको र २८ गते अन्तरिम आदेशका लागि छलफलमा झिकाइएकाले १४ जना सांसद अनधिकृत भएको बताउनुभयो । उहाँले सभामुखबाट कानून उल्लंघन भएको भन्दै आपत्ति समेत जनाउनुभयो ।  

भट्टराईले बोले लगत्तै सभामुख सापकोटाले प्रश्नको उत्तर दिने भन्दै तयारी लिखित भाषण पढ्न सुरु गरे लगत्तै एमाललेका सांसदहरुले सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेपछि उहाँ आक्रोशित हुनुभएको थियो । चेतावनीको शैलीका सापकोटाले भन्नुभयो  ‘देशमा संविधान र कानून छ माननियज्यूहरु मर्यादावाहिर नजानु होला ।’    

प्रचलित कानुनका आधारमा निर्णय लिएको दाबी गर्दे उहाँले भन्नुभयो ‘हाल यो विषय सम्मानित अदालतमा विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’ सभामुख सापकोटाले  प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी समेत दिनुभएको छ ।