
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग प्रस्ताव गर्नुभएको छ । एमाले अध्यक्ष ओली संग छलफल गर्न बालकोट पुग्नु भएका प्रधानमन्त्री देउवाले संसदको अबरोध खोल्न पनि ओलीलाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले लोकतान्त्रीक शक्तिहरु एकै ठाउमा उभिनु पर्ने बताउनु भएको थियो । एमाले अध्यक्ष ओलीले भने एमालेको पूर्ववत माग कायम रहेको जानकारी गराउदै संसद सुचारु गर्न सरकारले पहल गर्नुपर्ने बताउनु भएको थियो । ओलीले एमालेले राखेका मागमा सरकारको दृष्टिकोण के हो ?
सरकारमा प्रबक्ता समेत रहनु भएका संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संञ्चारकर्मीहर संग भन्नुभयो एमाले अध्यक्ष ओलीले अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण छैन । मन्त्री कार्कीले पाँच दलिय गठबन्धन कायम नै रहेको पनि जानकारी गराउनु भयो ।