५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्डका दुई सौन्दर्य : निलो दह र हिउँको ढिक्का (फोटो फिचर )



अ+ अ-

काठमाडौ । ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड हिन्दू, बौद्ध र बोन्पो (तान्त्रिक) धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थस्थल हो । हिन्दूले देवाधिपती महादेव मानेर पुज्छन् भने बौद्धले आर्य अवलोकितेश्वर मान्छन्। तामाङ समुदाय भने जनैपूर्णिमा (बदौ छेबा चोङ्ङा) मा झाँक्रीसहित पुजा  गर्छन ।  धार्मिक दृष्टिले मात्र होईन प्राकृतिक रुपमा पनि निकै सुन्दर छ गोसाईकुण्ड ।  

यति बेला प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र गोसाईकुण्डलाई  हिउँले छपक्कै ढाकेको छ । हिउँदमा निलो देखिने दह पुरै हिँउले छोपेको छ । जाडोयाममा स्वरुप फेरेको गोसाँईकुण्ड दृश्यावलोकन गर्न लागि आन्तरिक तथा बाह्य पर्यटकहरु गोसाँईकुण्ड पुग्ने गरेका छन् ।  पदमार्ग बाट रमाउनेहरु रसुवा सदरमुकाम धुन्चे  सम्म सबारी साधनमा अनि पैदल गोसाईकुण्ड पुग्ने गरेका छन् भने हेलिकप्टरचार्टर गरेर पुग्नेहरुको संख्या पनि उल्लेख रहेको छ ।

रसुवा जिल्लामा रहेको गोसाइँकुण्ड  नीलो पानीको सरोवर पनि हो । भगवान शिवले विषको पीडा शान्त पारेको त्यही गोसाइकुण्डमा हो ।  यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ ।

यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ ।

तस्वीर : ज्ञानेन्द्र न्यौपाने -रसुवा