५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्लुप्रिन्ट ट्रेडिङले भन्यो– हामीले सेनेटरी प्याड आयत गर्दैनौँ



अ+ अ-

काठमाडौं । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही संचार माध्यामहरुमा सेनेटरी प्याड आयत गरेको भनेर आएका समाचार तथ्यहिन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।

केही संचार माध्यमहरुले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गरेको भनेर समाचार प्रकाशित गरेका थिए । त्यसपछि सो ट्रेडिङले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर आफुहरुले बच्चाहरुका लागि डाइपर मात्रै आयत गर्ने गरेको र सेनेटरी प्याड आयात गरेको भन्ने समाचार गलत भएको स्पष्ट पारेको हो ।

‘विभिन्न संचार माध्यामहरुमा ब्लुप्रिन्ट ट्रेडिङ प्रा.लि.का विषयमा बिना आधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरुका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो’, कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बजगाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न संचार माध्यामहरुमा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहिन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ती छ । ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन ।’

केही संचार माध्यामहरुले विना आधार सेनटरी प्याड आयत गर्ने गरेको भन्दै समाचार प्रकाशन गरेका थिए । कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म सेनेटरी प्याड आयतनै नगरेको स्पष्ट पारेको छ ।

‘बिना आधार हाम्रो कम्पनीको मानहानी हुनेगरी प्रकाशित÷प्रशारित समाचार गलत भएको यसै विज्ञप्ति मार्फत आम नागरिकलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ, ‘संचार माध्यामहरुलाई बिना आधार र प्रमाण यस्ता समाचार प्रकाशन गर्दा हाम्रो संविधानले दिएको प्रेस तथा वाक स्वतन्त्रताको दुरुपयोग हुनुका साथै संचार माध्यामहरुकै विश्वसनीयतामा प्रश्न उठ्ने हुदा तथ्य र प्रमाणका आधारमा मात्रै समाचारहरु प्रकाशन गर्न पनि हामी अनुरोध गर्दछौं ।’