• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार



काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो ।

उनी बेहोस अवस्थामा रहेको र गोली लागेको ठाउँबाट रगत बगिरहेको जापानका मिडियाले जनाएका छन् । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए ।

उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो । आबेलाई आक्रामक नेता मानिन्छ । अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोगका कारण उनले २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।