• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

प्रहरी प्रवक्तामा डिआइजी राई



काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।

उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ ।

पदोन्नति हुनुअघि उहाँ बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।रासस