२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि…



अ+ अ-

काठमाडौँ । सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ ।

आयोगले आज एक सूचनामार्फत धनुषाको जनकपुर पिडारीचोकको आठ बिघा बढी सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरेको भन्दै दिवविक्रम शाहलगायतलाई सात दिनभित्र आयोगमा सम्पर्क राख्न भनेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सार्वजनिक तथा सरकारी जग्गा भोगचलन गरेको भन्ने उजुरीका आधारमा छानबिनका लागि उनीहरुलाई बोलाइएको जानकारी दिनुभयो ।

आयोगले दिवविक्रम, विभाकुमारी यादव, राजकिशोर महासेठ, बिमला देवी, विजयकुमार मण्डल, चन्द्रकला कुमारी देवीलगायत २७ जनालाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ । विभिन्न कित्ताको ठूलो परिमाणको सरकारी जग्गा व्यक्तिले भोगचलन गरिरहेको भन्ने उजुरीपछि आयोगले चासो व्यक्त गरेको हो ।

आयोगले मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायणलाल दास, नापी कार्यालय धनुषाका नापी टोली प्रमुख चौमानसिंह थापा र नापी कार्यालय धनुषाका निरीक्षक सीताराम साहलाई पनि सम्पर्कका लागि बोलाएको छ ।