१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो सुनको मूल्य, तोलाको कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य ओरालो लागेको छ । बुधबार तोलामा ७ सय रुपैया ओरालो लागेको सुनको मुद्यय आज १ सय रुपैया ओरालो लागेको हो ।

हिजो बुधबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।