• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी ★   रामेछापमा जुनारको जुस बिक्री बढ्यो ★   गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’ ★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गर्नुभएको हो ।

अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । हालसम्म कोषमा तीन लाख ४४ हजार २४८ योगदानकर्ता र १७ हजार १५६ रोजगारदाता कोषमा आबद्ध भइसकेका छन् । कोषले आगामी आवदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने गरी कार्यविधि निर्माण गरिरहेको छ । कार्यविधि अन्तिम चरणमा रहेको कोषले जनाएको छ ।

मन्त्री कुँवरले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताउनुभयो । कोषले हाल योगदानकर्तालाई चार प्रकारका सुविधा दिँदै आएको छ । योगदानकर्ताले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा, दुर्घटना तथा अशक्तता सुविधा, आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त गर्दै आएका छन् । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउन कोषले सहुलियत कर्जा प्रवाह गर्ने बताउनुभयो । कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने जनाएको छ ।

कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकको जीवनमा आइपर्ने जोखिम कम गर्न कोषले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेको बताउनुभयो ।