• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु ★   मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन

अर्थमन्त्रीको त्यागले गठबन्धन अप्ठ्यारोबाट बच्यो: प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएर गठबन्धनलाई असफल पार्ने षड्यन्त्रलाई जवाफ दिएको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज उहाँले आफूले कुनै गल्ती गरेको छैन भन्दै आउनुभएका अर्थमन्त्री शर्माले संसद्मा कुरा उठेपछि आफ्ना कुरा प्रष्टसँग राखेर नैतिकता देखाउनुभएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अर्थमन्त्रीले नैतिकता प्रदर्शन नगर्नुभएको भए त्यही विषयलाई भ्रमित बनाउँदै र उछाल्दै राजनीतिसँगै सत्ता गठबन्धलाई अप्ठ्यारोमा पार्ने डिजाइन बनाइएको बताउनुभयो ।

सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्नका लागि अर्थमन्त्रीको विषय अगाडि ल्याइएको उहाँको भनाइ थियो । “त्यस्तो डिजाइनलाई अर्थमन्त्रीको त्यागले जवाफ दिइएको छ, पार्टीले यसबारे कार्यकर्ता र जनतालाई बुझाउनुपर्छ ।”

बजेट प्रकरणमा गठन भएको संसदीय छानबिन समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अर्थमन्त्री शर्माले नैतिकता प्रदर्शन गरेको भन्दै अध्यक्ष प्रचण्डले यसले राम्रो राजनीतिक संस्कार देखाएको बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सन्दर्भमा अर्थमन्त्री शर्मामाथि बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्नता गराई करका दर हेरफेर गरेको र सोसम्बन्धी सिसिटिभी फुटेज नष्ट गरेको आरोप लागेपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।