९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा हैजासँगै कोरोना पनि बढ्यो, सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । केही दिन यता हैजाका किटाणु भेटिएसँगै त्रास बढेको राजधानीमा कोरोनाको संक्रमण पनि बढेको छ । राजधानीका कैयौँ स्थानमा हैजाका किटाणु भेटिएका समाचार आइरहेका बेला यता कोरोना भाइरसको प्रकोप पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको पछिल्ला तथ्यांकहरुले देखाएको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बढेर १ सय १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार २ हजार ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४ सय ७१ जना रहेका छन् ।

विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुने संख्या ९ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४ सय ६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि सरकारले मापदण्डहरु पालना गर्न आग्रह गरेको छ । यही गतिमा कोरोना बढ्दै गएमा फेरि संकट आउन सक्ने भन्दै सरकारले मापदण्डहरुमा कडाई गर्न सक्ने देखिएको छ ।