४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः नेता पुन



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ ।

सो समिति गठन लगत्तै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गर्नुभयो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभयो । उहाँले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गर्नुभयो । प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० दिनको समयावधी दिइएको छ ।

छानबिनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता पुनको संकेत थियो । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढङ्गले प्रचार गरेकामा समेत नेता पुनले आपत्ति जनाउनुभयो । उहाँले छानबिन अघि नै शर्मामाथि कारवाहीको माग गरेमा समेत आपत्ति जनाउनुभयो ।