• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

अर्थमन्त्रीविरुद्ध राप्रपाले जाहेरी दिँदै, लगायो राज्यविरुद्ध अपराध गरेको आरोप



काठमाडौँ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध जाहेरी दिने भएको छ ।

अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण गरेको भन्दै राप्रपाले अर्थमन्त्री शर्मामाथि कारवाही माग गरी टेकुस्थित काठमाडौँ प्रहरी कार्यालयमा जाहेरी दिन लागेको हो ।

अर्थमन्त्री शर्माले मुलुकको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्ध अपराध गरेको पार्टीको सुशासन विभागका प्रमुख ज्ञानेन्द्र शाहीले बताए । उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग परामर्श गरेर र कानून व्यवसायीहरुसँग सल्लाह गरेर जाहेरी दिने निर्णय गरिएको जानकारी दिए ।

बहालवाल मन्त्रीविरुद्ध फौजदारी जाहेरी दर्ता गर्न सकिने व्यवस्था भए पनि पक्राउ गर्नुपर्ने अवस्थामा सभामुखलाई पूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको बताइएको छ ।