२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालश्रममुक्त घर’ अभियान



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ ।

विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा पनि अभियान विस्तार हुने बताइएको छ ।

अभियानमा लाग्ने २८ सर्वेक्षकलाई तालिम पनि दिएको महानगर सामाजिक महाशाखाले जनाएको छ । सर्वेक्षकले १५ वर्षमुनिका बालबालिको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन कि जाँदैनन् पत्ता लगाउने रहेकोे छ ।

अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख नागेश कोइराला विगत १३ वर्षअघि बालमैत्री नगर घोषणा भएको महानगरले थालेको यस किसिमको कार्यबाट नागरिकमा सचेतना आउने र आफ्ना बालबालिकालाई पठनपाठनमा लगाउने चेतना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा महानगरका उपप्रमुख शिल्पा निराला कार्की र वडाध्यक्ष न्यौपाने पनि अभियानका विषयमा बोल्नुभएको थियो ।