८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’

परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’
अ+ अ-

बलेवा । बागलुङका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलिफर्म’ भेटिएको कार्यालयले जनाएको छ । नगरमा वितरित पानीका धारामा भने ‘कोलिफर्म’को मात्रा शून्य छ । ट्याङ्कीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलिफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले बताउनुभयो ।

बागलुङ नगरपालिकाका १७ मुहानको पानी परीक्षण गर्दा १० वटा मुहानमा ‘कोलिफर्म’ देखिएको छ । जैमिनी नगरपालिकाका १० मुहानमध्ये सात, गलकोट नगरपालिकाका १२ मध्ये तीन, ढोरपाटन नगरपालिकाका सातमध्ये दुई, तमानखोला गाउँपालिकाका १६ मध्ये सात र बडिगाड गाउँपालिकाका नौमध्ये तीनवटा पानीको मुहानमै ‘कोलिफर्म’ भेटिएको हो ।

त्यस्तै निसीखोला गाउँपालिकाका आठमध्ये चार, तमानखोला गाउँपालिकाका ११ मध्ये चार र बरेङ गाउँपालिकाका १२ मध्ये चारवटा मुहानमा ‘कोलिफर्म’ भेटिएको आचार्यले बताए । स्वास्थ्य कार्यालयले स्थानीय तहको अनुरोधमा प्रतिनिधिमूलक हिसाबमा पानीका मुहानहरु परीक्षण गरेको थियो । “मुहानमा मात्रै होइन पाइपलाइन, ट्याङ्की र धारामा समेत ‘कोलिफर्म’को मिसावट पुग्न सक्छ,” आचार्यले भन्नुभयो, “कैयौँ ठाउँमा मुहानमा सफा रहेको पानी धारामा पुग्दा ‘कोलिफर्म’को मात्रा भएको भेटिन्छन् ।” उपभोक्ताको धारासम्म पुग्ने पाइपलाइन बीचमा टुटेफुटेर मिसावट हुने ठाउँ भएमा मुहान तथा ट्याङ्कीमा नभेटिएको ‘कोलिफर्म’ धारामा भेटिने जोखिम हुन्छ । खुल्लाचौरभन्दा तल्लो भागमा रहेका मुहान, मानव बस्तीको नजिकै रहेका मुहान र खोलामा बगेको पानीलाई एकीकृत गरेर ल्याइएका मुहानमा ‘कोलिफर्म’को मात्रा बढी देखिने गरेको छ ।

मानव दिशामा हुने ‘कोलिफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस रोगहरुको संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । ‘कोलिफर्म’ देखिएका मुहानको पानी उपभोग गर्ने उपभोक्तालाई सरसफाइ गर्न, पानी शुद्धीकरण गरेर र पानी उमालेर मात्रै पिउन आग्रह गर्ने गरिएको छ । ‘कोलिफर्म’को मात्रा देखिएका ठाउँहरुको पानीलाई तत्काल शुद्धीकरणका उपाय नअपनाए जुनसुकै बेला महामारी फैलिन सक्ने उहाँले बताउनुभयो । रासस