• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ



काठमाडौं । नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ लामालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।