३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरिन् छोराको तस्वीर, के राखिन् नाम ?



अ+ अ-

काठमाडौं । अभिनेत्री ऋचा शर्माले सामाजिक संजालमा आफ्नो भावना पोखेकी छन् । उनले बुधबार नर्भिक अस्पतालमा अपरेसन गरेर तीन किलो एक सय ग्राम तौल भएको छोरालाई जन्म दिएकी हुन्।  उनले छोराको पहिलो तस्वीरसँगै उनको नाम पनि सार्वजनिक गरेकी छन् । 

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।

उनी आमा बनिसकेपछि पहिलो पटक सामाजिक संजालमा आफ्नो भावना पोखेकी छन् । उनले यस्तो लेखिन् :

आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ, भावनालाई कसरी भनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ।

सोच्दा पनि पृथिवी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरु मनमा खेलिरहेका छन्। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा(जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। 

बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको  (Aavyan Bikram Rana) तपाइहरु सम्पूर्णलाई न्यानो माया।