२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो , ९ जनाको सनाखत



अ+ अ-

काठमाडौं । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरु २० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि)बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए ।

बस दुर्घटनामा मृत्यु हुनेहरु
१) ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप
२) समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप
३) खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप
४) कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे
५) सुदिप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे
६) बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।
७) शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।
८) सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी
९) कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे