२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै परिवारका ६ जनाको हत्या प्रकरणः आरोपीलाई आजीवन कारावासको फैसला



अ+ अ-

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेकालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए । ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो । हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ ।

संखुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दैकारावासको फैसला सुनाएको स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । योसँगै अदालतले मृतक परिवारको राहत कोषमा ४ जनाले दुई–दुई लाख रुपैयाँ क्षतिपुर्ती रकमसमेत जम्मा गर्न फैसला गरेको छ ।

हत्या अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नातेदार हुन् ।

२०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।




भर्खरै