६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको बारेमा फिल्म निर्देशक थापासँग प्रहरीद्वारा सोधपुछ



अ+ अ-

काठमाडौं । करणी गरेको आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ । 

शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ अगाडी बढाएको हो । 

थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको बताइएको छ । 

थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको पत्रकार ऋषि धमलाले जानकारी दिए ।

यता प्रहरीले भने थापासँग जानकारी माग्ने उद्देश्यले कार्यालयमा ल्याइएको बताएको छ ।

नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर जारी गरेको छ ।