१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्तिमाले तुलसालयका बालबालिकासँग यसरी मनाइन जन्मदिन (फोटो / भिडियो सहित)



अ+ अ-

काठमाडौं । स्वस्तिमा खड्का नेपालमा स्थापित कलाकार हुन् । नेपाली दर्शकमाझ् सुपरिचित् नायिका खड्का जब भक्तपुरको चाँगुनारायण-४ स्थित तुलसालय आश्रममा पुगिन् आश्रममा रहेका साना साना नानीबाबूहरु खुसी भए । बालबालिकाको नजिक उनी जाँदै गर्दा उनका साथमा पुगेका एकजनाले अनाथ बालबालिकालाई सोधे-तिमीहरु उहाँलाई चिँछौँ ?आश्रममा रहेका २६ जनामध्ये प्रायः सबैले जवाफ दिए-चिन्छौँ ।

कहाँ देखेको ? उनले अर्को प्रश्न गरे । नानीबाबूहरुको जवाफ आयो- टिभीमा, फिल्ममा । अनि उनले अर्को प्रश्न सोधे-उहाँले नाचेको कुन गीत याद छ तिमीहरुलाई रु उनीहरुले भन्दै गए कुटुमा कुटु, तालि बजाउ आदि आदि ।

निकै भावुक भइन् स्वस्तिमा । आज नायिका स्वस्तिमाको जन्म दिन । तुलसालय आश्रमका बालबालिकासँग केक काटेर जन्म दिन मनाउन उनी त्यहाँ गएकी रहीछन् । उनले भनिन्- आज मेरो बर्थ डे, तिमीहरुसँगै जन्म दिन मनाउन आएको नि ।

अनि नानीबाबूहरुले भन्न थाले- ह्याप्पी बर्थडे टुयु….

त्यसपछि उनका सहयोगीले केक झिके र टेबलमा राखे । निकै खुशी भए नानीबाबूहरु । साना नानीबाबूहरुलाई केक भनेपछि के चाहियो रु सबैको आँखा केकतिरै । अनि जब ती सबै बालबालिका मिलेर सामूहिक रुपमा केक काट्ने काम सुरु भयो, निकै भावुक बनिन् उनी ।

तुलसालय आश्रममा गत शनिबारमात्र ६ महिनाकी नानी स्तुतिको पास्नी भएको थियो । जम्न दिएको पाँच मिनेटमै आमा गुमाएकी स्तुतिलाई उनी २० दिनकी भएपछि यही आश्रमले ल्याएर लालनपालन गरिरहेको छ ।

पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा पौडेल, पूर्व सचिव भिम उपाध्याय भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, भक्तपुरका एसपी शिवकुमार श्रेष्ठ, प्राध्यापक राधा शर्मा, साहित्यकारहरु प्रमोद प्रधान, गीता कार्की, पूर्व सूचना आयुक्त यशोदा तिम्सिना, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ दम्पत्ति, आश्रमका बालबालिकालाई पढ्ने विद्यालय आशा शिक्षा सदनकी प्रिन्सिपल मालिका प्रसाईँ, संगीतकार तथा गीतकार दीपक पाठक, ललितपुर भैँसेपाटीका समाजसेवी राजकुमार थापा, आदि स्तुतिको पास्नीमा सहभागी भएका थिए ।स्तुतिलाई हातमा लिइन् र तस्बिर खिचाइन् । त्यसबेला पनि निकै भावुक भइन् स्वस्तिमा ।

यसरी अनाथ आश्रममा पुगेर आफ्नो जन्म दिन मनाउने नायिका स्वस्तिमालाई तुलसालयकी अध्यक्ष सरु सुवेदीले विशेष धन्यवाद दिँदै जन्म दिनको शुभकामना व्यक्त गरिन् ।