• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु

राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भव छ, वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ ।

चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वान समेत गर्दछु, उहाँले भन्नुभयो ।

उहाँले स्थानीय निकायका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।
ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।

यसरी प्रतिष्पर्धा गर्दा स्थानीय निकायहरुले स्थानीयवासीहरुलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि संकलन हुने उहाँले बताउनुभयो ।

उहाँले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयहरुलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवद्र्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्याएको बताउँनुभयो ।