• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

एपीएफलाई हराउँदै पुलिस च्याम्पियन



काठमाडौं । बिभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । राउन्ड रोबिन लिग खेलमा पनि जित निकालेको पुलिसले फाइनलमा पनि निरन्तरता दिन सफल भएको हो । लिगमा पुलिसले एपिएफमाथि ३–१ को सेटमा जित निकालेको थियो । पुलिसले उपाधि जित्ने क्रममा पहिलो सेट २५–१६, दोस्रो २७–२५ र तेस्रो सेटमा २५–१९ को रोमाञ्चक जित निकालेको हो ।

यससँगै विजेता पुलिसले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले २ लाख ५० हजार रुपैयामा चित्त बुझायो । नियमिति स्पाईकर सरस्वती चौधरी चोटका कारण कोर्ट बाहिर रहँदा एपिएफले पछिल्लो समय खराब नतिजाको सामना गरिरहनु परेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार नै फाइनल अघि सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक न्यु डायमन्डले परोपकार गल्र्स होस्टललाई पनि सोझो सेटमा हराउँदै तेस्रो स्थानको उपाधि उचाल्यो । तेस्रो स्थान प्राप्त गर्ने क्रममा डायमण्डले परोपकारलाई क्रमशः २५–१२, २५–१४ र २५–२३ को सेटमा पराजित गरेको थियो । तेस्रो भएको न्यु डायमण्डले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त ग¥यो भने चौथो भएको परोपकारले ७५ हजार रुपैयाँ पायो ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै नेपाल पुलिस, एपिएफ र परोपकार गल्र्स होस्टल गरी कुल चार टोलीको सहभागिता रहेको थियो ।