१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवा सहित काग्रेस नेताहरु  र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा  भेटवार्ता भै रहेको छ । 
उहाँहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नेबारेमा निरन्तर रुपमा छलफल भै रहेको छ । छलफलका लागि प्रधानमन्त्री देउवा पुग्नु भन्दा केही अगाडी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा बालकोट पुग्नु भएको थियो ।

यसै गरी एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल , महासचिब शंकर पोखरेल र उपमहासचिब बिष्णु रिमाल पनि छलफलमा सहभागी हुनुहुन्छ ।