६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइतेको हेलिकप्टरमार्फत उद्धार



फाईल फोटो
अ+ अ-

बैतडी । करेन्ट लागेर घाइते भएका एक कामदारको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा काठमाडौँ टोखा नगरपालिकाका ४० वर्षीय सुमनविक्रम शाह रहेका छन् । उनलाई आज दिउँसो १ बजे बैतडीको खोड्पेबाट उद्धार गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङको चिरवित्थड गाउँपालिकामा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका शाहलाई बझाङबाट स्कारपियोमार्फत खोड्पे पु¥याइएको थियो ।

नेपाल टेलिकमको समन्वयमा गम्भीर घाइते भएका शाहलाई माउन्टेन हेलीको हेलिकप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।