२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले मन्त्रीहरुलाई फिर्ता बोलाउने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । यसका लागि पार्टीले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने तयारी गरेको छ ।

विशेषगरी पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेपछि पार्टीमा हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको हो ।

हाल संघीय सरकामा जसपाबाट संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव रहेका छन् ।

पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाएर कसकसलाई सरकारमा पठाउने भन्नेबारे टुंगो लगाइसकेको छैन ।

यसअघि नेकपा (एकीकृत समाजवादी) ले संघीय सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाएको थियो ।