२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरिद बिलबिना सामान बिक्री गर्ने आठ पसललाई कारवाही



अ+ अ-

सप्तरी । खरिद बिलबिना नै सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने सप्तरीको राजविराजका आठ पसल कारबाहीमा परेका छन् । खरिद बिल देखाउन नसक्ने राजविराजका आठ पसल कारबाहीमा परेको वीरगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।
उक्त कार्यालयले बिहीबार गरेको पसल अनुगमनमा खरिद बिल नदेखाउने, मूल्यसूची नराख्ने र अनुगमन कार्यमा असहयोग गर्ने पसललाई जरिवाना गरिएको हो ।कार्यालयका सूचना अधिकारी दिलीप खंगका अनुसार मूल्यसूची नराख्ने दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर र नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २०–२० हजार जरिवाना गरिएको छ ।

गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई रु पाँच–पाँच हजारका दरले जरिवाना तोकिएको छ । अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिद–बिक्री केन्द्र र न्यू पूजा बस्त्रालयलाई रु २० हजारका दरले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई जरिवाना गरिएको उहाँको भनाइ थियोे । खरिद बिलबिना सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोका आधारमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ ।

भारतबाट लुकाइछिपाइ राजस्व छलेर लत्ताकपडा, खाद्यान्नलगायत उपभोग्य वस्तु भित्र्याइ विभिन्न पसलमा बिक्री वितरण हुँदै आएको व्यापारीहरुकै गुनासो छ ।