• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन



काठमाडौँ । काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ट्राफिक बत्ती जडानकार्यलाई तीव्रता दिएको हो ।

सोहीअनुसार आज कार्यालयले ललितपुर महानगरपालिका–३ र तन्त्र भेन्चर्स प्रालिको सहकार्यमा ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो । बत्तीको शुभारम्भ गर्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

“उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ”, उहाँले भन्नुभयो । प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने उहाँको भनाइ छ ।

कार्यक्रममा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने बताउँदै आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हँुदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रक्रियामा रहेको र सात स्थानमा जडान कार्य भइरहेको छ । कार्यालयले ट्राफिक बत्ती सञ्चालनमा आएका चोकमा ट्राफिक बत्तीको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न चालक तथा पैदलयात्रुलाई अनुरोध गरेको छ ।