• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी



सांकेतिक तस्बिर

रुपन्देही । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, आठ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएको प्रहरीले जनाएको छ ।

बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आइसीयूमा उपचार भइरहेको र अस्वथा गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिनुभयो ।