१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिन उच्च शतर्कता अपनाउन विज्ञको आग्रह



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ । मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ । हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको । हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पु¥याइदिइसकेका छौँ ।

यो तीनदिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहीँ के छ भने सबै निकायहरुलाई रेगुलर बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहीँ शतर्क भइदिनु होला । किनकी विशेष बुलेटिन भनेको चाहीँ हुन्छ भन्ने नै हो ।’

उहाँले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ शतर्क हुन आग्रह गर्नुभयो ।