५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ ।  साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेपनि सोमवार र मंगलवार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको हो ।

बुधवार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ । बुधवार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलवारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो कारोबार दिन १ अर्ब बराबरको शेयर कारोबार भएको थियो । बुधवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै,विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बुधवार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावरको शीर्ष स्थानमा रहेको छ । एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।