२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेवको पार्टीको मुख्य कार्यभार नेकपालाई पुनर्गठन गर्नु (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल ‘नेकपा एकता राष्ट्रिय अभियान’ खोलेको घोषणा गरेका हुन् ।

उनको पार्टीले विघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन गर्नु महत्वपूर्ण कार्यभार रहेको बताएको छ ।

संयोजक गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘ हामीले अगाडि सारेको यो पार्टीका तात्कालिन र दीर्घकालीन केही महत्वपूर्ण उद्देश्यहरु छन् । यस पार्टीको सबभन्दा महत्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि पुनर्गठन गर्नु हो ।’

यस्तै अगाडि भनिएको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपूर्व नै विभाजित कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सृजना गर्ने अर्को उद्देश्य रहेको छ ।’

कार्यगत एकतामा जाने अवस्था सृजना हुँदा तीन पार्टीहरु सहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी समेतको बृहत वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ गर्ने कामको सूचीमा समावेश गरेको सो पार्टीले जनाएको छ ।