२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह



अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ (घ) बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो ।

विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधिअनुरुप मात्र गर्नसमेत विभागले आग्रह गरेको छ ।

यस्तै, विभागले फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाव वा मातहतका कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।