२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । संस्थापन पक्षबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्री हेरफेर गर्न लागेको हो । असन्तुष्ट पक्षका डा. बाबुराम भट्टराईले पार्टीबाट अलग हुने तयारी गरेका बेला संस्थापन पक्षले मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

अध्यष यादवले सोमबार साँझ बोलाएको कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफलमा मन्त्री हेरफेरबारे कुरा भएको बताइएको छ । कार्यकारिणी समितिमा रहेका ३४ जना सदस्यमध्ये सो छलफलमा २० जना सदस्यको उपस्थिति थियो ।

मन्त्री हेरफेर हुँदा कृषिमन्त्री महेन्द्र राय यादव हट्ने पक्का भएको स्रोतले बताएको छ । उनी डा भट्टराईको पक्षमा लागेको बताइएको छ । संस्थापन पक्षले बोलाएको बैठकहरुमा अनुपस्थित रहँदै आएका यादव सोमबारको कार्यकारिणी समिति सदस्यहरुको छलफलमा पनि सहभागी भएका थिएनन् ।

जसपाबाट सहभागी भएका अन्य मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने वा नपठाउनेबारे निर्णय कार्यकारिणी समितिको अर्को बैठकमा गर्ने बताइएको छ ।




भर्खरै