३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण: सगरमाथा आरोही डाक्टर भुसाल

शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण: सगरमाथा आरोही डाक्टर भुसाल
अ+ अ-

काठमाडौं। सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताएकी हुन् ।

१, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उनले बताइन् । नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् । कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’ उनले पत्रकार सम्मेलनमा बताइन् । बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन् ।

सगरमाथा आरोहणको क्रममा डाक्टर भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिलो शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए । उनको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए । अलग प्रसङ्मा उनले डाक्टरी पेशा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताइन् । हाल धापासी स्थित ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डाक्टर भुसालको उच्च उचाई तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ ।

सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने योजना बनाएको उनले बताइन् । सगरमाथा चढिसकेको आरोहीले त्यो भन्दा साना शिखर चढ्ने लक्ष्य किन राख्नु भयो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘८ हजार मिटर भन्दा अग्ला मनास्लु जस्ता हिमाल सबै आरोहीका लागि सधै चुनौति हुन्, साथै ६ हजार मिटर अग्लो अमादब्लम प्राविधिक शिखर भएकाले मैले यी हिमाल चढ्ने लक्ष्य लिएकी हुँ ।’ आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर संचालन गर्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उनले बताइन् ।

सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटर भन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उनले बताइन् । हाल स्वदेशी पर्वतारोहीको हकमा सगरमाथा आरोहण गर्न ३५ देखि ४० लाख रुपैया खर्च लाग्ने उनले जानकारी दिइन् । हिमाल आरोहणमा रुची राख्ने तर यस विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगका लागि भुसाले साथीहरूसँग मिलेर हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेड संचालन गरिरहेकी छिन् ।