• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

सकियो तीन दिने योङ फिल्म मेन्टर्स’ तालिम



काठमाडौं । ‘चिल्ड्रेन फिल्म सोसाइटी’ले सञ्चालन गरेको तीन दिने ‘योङ फिल्म मेन्टर्स’ तालिम आईतवार सम्पन्न भएको छ ।

चलचित्र विकास बोर्डसँगको सहकार्यमा तीन दिने ‘योङ फिल्म मेन्टर्स’ तालिम सम्पन्न भएको हो । ब्रिटिस काउन्सिल र इन्टु फिल्मले तालिम दिएकोे हो । तालिममा सात प्रदेशका २८ जनाले सहभागिता जनाएका थिए । तालिम पश्चात सहभागीहरूले तीन दिनमा सिकेका कुराहरूलाई आ–आफ्नो क्षेत्रमा गइ १८ वर्ष मुनिका स्कुले बालबालिकालाई सिनेमा निर्माणसम्बन्धी तालिम दिनुपर्नेछ । तालिमका प्रशिक्षक महेश श्रेष्ठले स्थानीय स्तरमा तालिम दिनका लागि सक्षम बनाउन यस किसिमको तालिम आयोजना गरेको बताउनु भयो । उहाँले यस प्रकारका तालिमहरुले १८ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई फिल्म मेकिङ सम्बन्धी विशेष जानकारी दिन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो तीनको तालिम लिएर आ–आफ्नो क्षेत्रमा गएर ५ दिन सम्मको एक्सटेन्डेट ट्रेनिङ दिनुपर्छ । त्यसलाई ५ दिनमा १८ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई समेटेर फिल्म मेकिङ सम्बन्धी तालिम उहाँहरूले दिनुपर्ने हुन्छ । तालिम दिनका लागि सक्षम हुनुहोस् भन्नका लागि यो तालिमको आयोजना गरिएको हो ।’

तालिममा सहभागी जनकपुरकी काजोल झाले तालिमबाट आफ्नो ज्ञान फराकिलो भएको प्रतिक्रिया दिनुभयो । उहाँले यसअघि रमाइलोका लागि भिडियो बनाउँदै आएको भएपनि तालिमले आफूलाई प्राविधिक ज्ञान दिएको उल्लेख गर्नुभयो । उहाँले यस तालिमले सिनेमाको ज्ञानलाई थप फराकिलो बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई फिल्म मेकिङ सम्बन्धी टेक्निकल यस्तो फिल्म मेकिङको कुराहरू थाहा थिएन । मैले भिडियो बनाउँथे तर थाहा नभइकन । यहाँ आएर त्यो कुरा मैले सिक्न पाएँ । जस्तै प्रोडक्सनको कुरो, प्रिप्रोडक्सनको कुरो,पोस्ट प्रोडक्सन । क्यामेरा एङ्गलदेखि सबै । धेरै नयाँनयाँ कुराहरू सिक्न पाएँ ।’

काजलको जस्तै अनुभव विराटनगरकी कल्पना बनको पनि रह्यो । उहाँले तालिमबाट समूहमा कसरी काम गर्ने भनेर तालिममा सिक्न पाएको बताउनु भयो । प्रशिक्षार्थी बनले प्राविधिक कुराहरुको व्यवस्थापकीय कुराहरु पनि प्रशिक्षणबाट सिक्ने मौका पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा धेरै र इम्पोर्टेन्ट कुरा सिकेको भनेको ग्रुपवर्क हो । हामीले कसरी कम्युनिटीमा काम गर्ने, १८ वर्षभन्दा तलको बच्चाहरूसँग कसरी काम गर्ने भन्ने सिक्यौं । त्यसमा धेरै टेक्निकल टर्महरू पनि छ,जस्तो फ्रेमिङको, एडिटिङको , सिनेम्याटिग्राफीको , स्टोरी टेलिङको, भिज्वल स्टोरी टेलिङको धेरै कुराहरू पनि छ । तर त्यो भन्दा अझै धैरै इम्पोर्टेन्ट के लाग्यो भने हजुर कसरी बच्चाहरूसँग काम गर्नुहुन्छ । टिममा कसरी काम गर्ने, नेटवर्किङ कसरी गर्ने भन्ने अझै मज्जाले सिक्न पाएँ ।’

त्यस्तै पोखराकी अञ्जु दाहाल २०७३ सालदेखि रंगमञ्चमा सक्रिय हुनुहुन्छ । उहाँ पोखराका विभिन्न विद्यालयमा नाटक सिकाउनुहुन्छ । नाटक सिकाउनेक्रममा विद्यार्थीहरूले सिनेमा निर्माणका बारेमा जिज्ञासा राखेकाले तालिममा सहभागी भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मेरो बच्चाहरूले फिल्म कसरी बन्छ भनेरमलाई कोइसन गरिराको हुन्छन् । फिल्म कसरी बन्छ भनेर । मैले केही फिल्महरू हेरेको छु,त्यसको आधारमा मात्र भन्नका लागि गाह्रो हुन्छ । म थिएटर ब्याक ग्राउण्डको भएकाले थिएटरको प्रोडक्शन कसरी हुन्छ भन्ने मात्र ज्ञान छ मलाई । फिल्मका बारेमा म आफूलाई पनि सिक्न मन थियो अनि मेरो बच्चाहरूलाई त्यसको उत्तर दिनको लागि र उनीहरूलाई पनि त्यो कसरी बन्छ भनेर बाटोसम्म पु¥याउनको लागि यो वर्कसपमा आको हो ।’

उहाँले फिल्मका बारेमा प्रशिक्षणबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो ।