• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले पुल बगाएपछि आवगमन ठप्प ★   चेस प्रतियोगिता यसै सातादेखि ★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट



काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये छ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरि आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक/एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनिले निष्काशन गरेको साधारण शेयरमा कूल जारी पूँजी (दुई लाख सात हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित (६७ हजार कित्ता) शेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी ६२ हजार ६१५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।