१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?



अ+ अ-

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन्  । भौतिक तथा विलासी वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पती पत्नी बीचको सम्वन्धमा प्रगाढता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।  पुराना आर्थिक मुद्दाहरू हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होइनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । घरायसी कुरामा आफन्तहरू बिच मनमुटाब सिर्जना हुनेछ भने माया प्रेममा खटपट हुने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरूबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा प्रशासनिक कामहरू सजिलै सम्पादन हुनेछन्  । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ । 




भर्खरै