२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?



अ+ अ-

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन्  । भौतिक तथा विलासी वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पती पत्नी बीचको सम्वन्धमा प्रगाढता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।  पुराना आर्थिक मुद्दाहरू हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा सामाजिक काम गरी अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रूपमा सबल होइनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । घरायसी कुरामा आफन्तहरू बिच मनमुटाब सिर्जना हुनेछ भने माया प्रेममा खटपट हुने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरूबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा प्रशासनिक कामहरू सजिलै सम्पादन हुनेछन्  । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।